
काठमाण्डु, ३ असार – बलिउड अभिनेत्री सन्नी लियोनीले नेपाली फिल्मको एक हिस्सा हुन पाउँदा गर्व महसुस भएको बताएकी छन् ।
केही दिन अगाडि सार्वजनिक फिल्म ‘पासवर्ड’को ‘आजको साम’ बोलको गीत शेयर गर्दै उनले सो बताएकी हुन् ।
उनले सामाजिक संजालमा लेखेकी छन् ‘नेपाली फिल्म ‘पासवर्ड’को गीत शेयर गर्न पाएकोमा म निकै खुसी छु ।ु ‘तपाईंहरु मेरो नेपाल प्रतिको माया जान्नुहुन्छ’, उनले अगाडि लखेकी छन्, ‘म नेपाली फिल्म क्षेत्रको एक हिस्सा बन्न पाएकोमा गर्व महसुस गर्दछु ।’
फिल्म ‘पासवड’को गीतमा उनले नै आइट नृत्य गरेकी छन् । उनको आइटममा अभिनेता अनुप विक्रम शाही र कलाकार बुद्धि तामाङको अलवा थुप्रै कोरसले पनि साथ दिएका छन् ।
https://www.youtube.com/watch?v=TGNlBS9xXtI&feature=share&fbclid=IwAR1vEsqb2zjp0hz7YyZ3kuOkAyfDZRJ8C79rU7TeTmBZ2wN_n1QC8Bfmt7c