फेसबुकमा ‘सेक्सी’ फोटो हाल्दा डाक्टरको जागिर चैट

काठमाण्डु टुडे २०७६ असार ३ गते १०:५३ मा प्रकाशित

एजेन्सी । म्यानमारको मेडिकल काउन्सिलले एकजना महिला डाक्टरको लाइसेन्स रद्द गरिदिएको छ । मोडेलसमेत रहेकी ती सुन्दरी डाक्टरले अनुचित प्रकारका कपडा लगाएर खिचेको फोटो फेसबुकमा पोस्ट गरेको आरोपमा उनको डाक्टरी लाइसेन्स खारेज गरिएको हो ।

२८ वर्षकी नाङ मवे साङले प्रायः आफ्नो फेसबुकमा सेक्सी तस्वीरहरु हाल्ने गर्दथिन् । अन्ततः उनको यो बानी प्रत्युत्पादक बनेको हो ।

आफ्नो लाइसेन्स रद्द गर्ने मेडिकल काउन्सिलको निर्णयको उनले विरोध गरेकी छन् । उनले आफ्नो स्वतन्त्रताको हनन गरिएको गुनासो गरेकी छन् ।

तर, उनको पहिरन आपत्तिजनक रहेको र म्यानमारको संस्कृतिको विरुद्धमा रहेको ठहर मेडिकल काउन्सिलले जनाएको छ ।

कारवाही गर्नुअघि काउन्सिलले नाङ्गलाई त्यस्ता तस्वीर आइन्दा फेसबुकमा पोष्ट नगर्न तथा पुराना तस्वीरहरु हटाउन चेतावनी दिएको थियो । तर, उनले मानिनन् । उनको उक्त फोटोमा १८ हजार लाइक र ५६ सय कमेन्ट आएका छन् ।

उनलाई काउन्सिलले साेधेको छ, ‘तपाई एक पेशेवर चिकित्सक हो । यदी तपाईलाई मोडलिङ अथवा चिकित्सक मध्ये एक रोज्नुपर्छ । तपाई दुवै लिन सक्नुहुन्न किनभने यी दुई एकअर्काका विरोधी हुन् ।’

अस्पतालमा आफूले डाक्टरकै पहिरन लगाउने र निजी जीवनमा आफूले चाहे जस्तो कपडा लगाउने उनको अडान थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us