सलमानको ‘भारत’ले १२ दिनमा कमायो एक अर्ब ८८ करोड

काठमाण्डु टुडे २०७६ असार २ गते १५:२३ मा प्रकाशित

एजेन्सी – बलिउड सुपरस्टार सलमान खानको नाममा रहेको रेकर्ड तोडेको चलचित्र ‘भारतले’ले १२ दिनमा भारतीय रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

पहिलो दिन ४२ करोड ३० लाख कलेक्सन गरेरको चलचित्रले १२ औं दिनमा आइपुग्दा एक अर्ब ८८ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको ‘इन्डियन एक्सप्रेसडटकम’ समाचार लेखेको छ ।

इदको अवसर पारेर रिलिज भएको थियो । ‘भारत’ सलमानको करिअरमा पहिलो दिन सबैभन्दा धेरै कलेक्सन गर्ने चलचित्र हो यो । यसअघि सलमानको ‘प्रेम रतन धन पायो’ले पहिलो दिन ४० करोड ३५ लाख कलेक्सन गरेको थियो ।

‘भारत’ लाई समीक्षकले मिश्रित प्रतिक्रिया दिएका छन् । तरण आदर्शले चार स्टार दिएको चलचित्रले आफूलाई सबैभन्दा ठूलो खुसी दिएको र यो नै आफ्ना लागि सबैभन्दा ठूलो सम्मान भएको सलमानले आफ्नो ट्विटमा लेखेका छन् ।

‘भारत’ बिलउडसँगै ७० देशका १३ सय स्क्रिनमा रिलिज भएको चलचित्र हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us