हङकङकी प्रमुखले पद छोड्न मानिन्, विधेयकको विरोधमा व्यापक प्रर्दशन,

काठमाण्डु टुडे २०७६ असार २ गते १३:२६ मा प्रकाशित

एजेन्सी । विवादास्पद सुपुर्दगी विधेयकको विरोधमा हङकङको सडकमा लगातार दोस्रो दिन आइतबार पनि मानिसहरुले व्यापक विरोध गरे । मानिसहरुको प्रदर्शनलाई मध्यनजर गर्दै हङकङकी प्रमुख कार्यकारीले माफी मागे पनि पदबाट हट्न भने मानेकी छैनन् ।

हजारौंको संख्यामा मानिसहरु सुपुर्दगी कानुनको विरोधमा सडकमा उत्रिएका छन् । प्रदर्शनकारीहरुले ‘नराम्रो कानुन फिर्ता गर’ भन्दै हङकङकी प्रमुख कार्यकारी क्यारी लामको राजीनामा माग गरिरहेका थिए ।

‘प्रमुख कार्यकारी अधिकारीले आफ्नो सरकारका कारण हङकङमा संघर्ष र विवाद उत्पन्न भएको र नागरिकहरु निराश र दुःखी भएको स्वीकार गर्नुभएको छ,’ मुख्य कार्यकारी क्यारीको कार्यालयले जारी गरेको बयानमा भनिएको छ ।

प्रमुख कार्यकारी क्यारीले नागरिकहरुसँग माफी मागेको र आलोचनालाई पूर्ण इमान्दारी र विनम्रताका साथ स्वीकार गरेको बताइएको छ । विवादास्पद सुपुर्दगी कानुनको अनिश्चितकाल स्थगित गर्ने क्यारीको घोषणाको एक दिनपछि यो बयान आएको हो ।

हङकङका प्रभावशाली प्रमुख छात्र कार्यकर्ता नोशुआ वोंगले पनि प्रमुख कार्यकारी क्यारी लामको राजीनामाको माग गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us