यस्तो आयो ‘सानो मन’को ट्रेलर

काठमाण्डु टुडे २०७६ असार २ गते ११:२८ मा प्रकाशित

काठमाण्डु, २ असार – असार २० गते रिलिज हुने सिनेमा ‘सानो मन’को ट्रेलर सार्वजनिक भएको छ ।

आइतबार सिनेमाको ट्रेलर रिलिज गरिएको हो । सुयोग गुरुङको निर्देशित सिनेमा निर्माण आयुष्मान देशराज जोशी तथा शिल्पा मास्केको प्रमूख अभिनय रहेको छ ।

यसैगरी सिनेमामा विशाल पहाडी, गौरी मल्ल, रश्मी भट्ट लगायतको अभिनय रहेको छ । सिनेमाको कथा समिर सुनवार र निर्देशक गुरुङले संयूक्तरूपमा लेखेका हुन् ।

काठमाडौं, भैरहवा, हङकङ र मकाउमा छायांकन उरिएको सिनेमालाऐ योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धरले निर्माण गरेका हुन् । सिनेमालाई आलोक शुक्लाले छायांकन गरेका हुन् ।

ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा सानो मन निर्माण भएको हो ।

https://www.youtube.com/watch?v=NGRDtlixyfI

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us