बुद्धि तामाङसँग फुलन्देकी आमाको रोमान्स(भिडियोसहित)

काठमाण्डु टुडे २०७६ जेठ ३० गते १४:०१ मा प्रकाशित

काठमाण्डु, ३० जेठ – अभिनेता बुद्धि तामाङ ‘हैट’ र उमेश राई ‘फुलन्देकी आमा’को रोमान्स रहेको म्युजिक भिडियो ‘बुढेशकालको लौरी’ सार्वजनिक भएको छ ।

बुद्धि र उमेश चर्चामा रहेको बेला बाहिर आएको यो गतिले पनि अहिले राम्रो चर्चा पाइरहेको छ । गायक मिन गुरुङ र गायिका बिना भट्टराईको स्वर रहेको गीतमा शब्द संगीत दीपक शर्माले नै दिएका छन् ।

भिडियो भने युवराज वाईवाले निर्देशन गरेका हुन् । उत्सव दाहालको छायाँकन रहेको भिडियोमा विकास दाहालको सम्पादन रहेको छ । भिडियोले जीवन साथी भनेको दिन उमेर र वैँश छँदा मात्रै नभई बुढेसकालको सहारा पनि हो है सन्देश दिन खोजेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us