अमिताभले तिरिदिए २१ सय किसानको ऋण

काठमाण्डु टुडे २०७६ जेठ ३० गते १०:२९ मा प्रकाशित

एजेन्सी – बलिउड अभिनेता अमिताभ बच्चनले भारतको बिहार राज्यका २१ सय किसानको ऋण चुक्ता गरिदिएका छन् ।

‘एउटा अर्को वचन पूरा गरें । ऋण बाँकी रहेका बिहारका किसानमध्ये २१ सय किसानको छनौट गरेर उनीहरूको ऋण भुक्तान गरिएको छ । उनीहरूलाई बोलाएर अभिषेक र स्वेताको हातबाट यो दिइयो’, अमिताभले आफ्नो ब्लगमा लेखेका छन् ।

अमिताभले यसअघि पनि किसानहरूको मद्त गर्दै आएका छन् । गत वर्ष उनले उत्तर प्रदेश राज्यका १ हजारबढि किसानको ऋण चुक्ता गरिदिएका थिए । यस्तै महाराष्ट्रका करिब ३५० किसनको पनि उनले ऋण तिरेका थिए ।

यसका अलावा उनले ब्लगमा भारतको काश्मिर स्थिति पुलुवामामा अमलामा भएको आतंकवादी हमलामा ज्यान गुमाएका सैनिकको स्मरण गरे ।

‘एउटा अर्को वचन पूरा गर्नु छ, देशको लागि पुलुवामामा ज्यान अर्पण गर्ने सैनिकका परिवार तथा पत्नीहरूलाई आर्थिक सहयोग गर्नुछ । सच्चा शहिद’, भनेर उनले लेखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us