नेहा कक्करको नाममा ठमेलमा यस्तो बद्मासी

काठमाण्डु टुडे २०७६ जेठ २६ गते १५:२० मा प्रकाशित

काठमाण्डु, २६ जेठ – भारतीय गायिका नेहा कक्कर उपस्थित हुने कार्यक्रममा हलको क्षमताभन्दा बढी टिकट बचेर ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पारामाउन्ट इभेन्टका सञ्चालक दीपक घिमिरे छन् ।

ठमेलस्थित लर्ड अफ डिस्को नामक नाइट क्लबमा कक्करको विशेष प्रस्तुति देखाउने भन्दै टिकट बेचेर ठगी गरेको र सबै दर्शकले कार्यक्रम नै हेर्न नपाएकाले पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाण्डुका डिएसपी होविन्द्र वोगटीले बताए । उनका अनुसार प्रत्येक टिकटवापत ५ हजार रुपैयाँ लिइएको थियो ।

अन्तराष्ट्रिय कलाकार आउँदा समेत प्रहरीसँग आवश्यक सुरक्षा समन्वय नगरेको, क्षमताभन्दा बढी टिकल काटेकोलगायत आरोपमा सञ्चालकलाई पक्राउ गरिएको डिएसपी वोगटीले बताए ।

सञ्चालकले कार्यक्रम हेर्न नपाएका दर्शकको टिकटको मूल्य फिर्ता नगरे ठगी ऐन अन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाइने उनले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us