एमबीबीएसका विद्यार्थी कीर्तिपुरमा मृत फेला

काठमाण्डु टुडे २०७६ जेठ २५ गते १६:४९ मा प्रकाशित

काठमाण्डु, २५ जेठ– कीर्तिपुरको जंगलमा एमबीबीएस अध्ययनरत एक विद्यार्थी मृत फेला परेका छन् ।

काठमाण्डु मेडिकल कलेज सिनामंगलमा  एमबीबीएस चौथो वर्षमा अध्ययनरत अर्घाखाँची स्थायी घर भएका शिशिर खनाल शनिबार मृत फेला परेका हुन् । खनाल गत जेठ १७ गतेदेखि हराइरहेका थिए । उनको मोटरसाइकल भने प्रहरीले यसअघि नै कीर्तिपुरस्थित पुष्पलाल पार्कमा फेला पारेको थियो । प्रहरीले खनालले आत्महत्या गरेको हुन सक्ने आशंका गरेको छ ।महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले खनाल परिवारको हवगाला दिँदै उनले डिप्रेसनको औषधि सेवन गर्दै आएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us