
काठमाण्डु, २५ जेठ– लोकसेवा आयोगले स्थानीय तहमा आवश्यक कर्मचारीका लागि खुला गरेको विज्ञापनमा १० दिनमा झण्डै ५० हजारले अनलाइन आवेदन दिएका छन् ।
यसले सरकारी सेवामा आकर्षण बढिरहेको देखाउँछ । आयोगले यसकै अनुपातमा आवेदन आउनेक्रम रहेमा ५ लाखभन्दा बढीको आवेदन पर्ने अनुमान गरेको छ । आयोगका प्रवक्ता एवं सहसचिव किरणराज शर्माका अनुसार हिजो ११ बजेसम्ममा ४७ हजार ८ सय ७१ जनाको आवेदन परेको छ । आयोगले विभिन्न पदमा ९ हजार कर्मचारीका लागि आवदेन मागेको थियो ।
राजधानी दैनिकबाट