सिमरामा ग्यास सिलिण्डर पड्कियो

काठमाण्डु टुडे २०७६ जेठ २४ गते ११:११ मा प्रकाशित

बारा, २४ जेठ – बाराको जितपुरसिमरा उपमहानगरपालिका १४ डुमरवानास्थित स्याउली बजारमा ग्यास सिलिण्डर पड्किँदा एकै परिवारका चार र अन्य तीन जना घाइते भएका छन् ।

स्थानीय सुकुमाया ब्लोनको घरमा ग्यासको सिलिण्डरमा रेगुलेटर जोड्ने क्रममा ग्यास लिक भई सिलिण्डर पड्किएको थियो ।

घाइते हुनेमा नजरमान थिङ्ग, बौद्धमान थिङ्ग, अनिता थिङ्ग, दिलमाया वाईवा, सुनमाया ब्लोन र कमली माया रहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

घाइते सबैको सिमरास्थित अल्पाईन अस्पतालमा उपचार भइरहकेको छ । घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us