आज पनि भीषण हावाहुरीसहित हिमपात पर्ने, सचेत रहन महाशाखाको आग्रह

काठमाण्डु टुडे २०७६ जेठ २४ गते १०:३५ मा प्रकाशित

काठमाण्डु, २४ जेठ – जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि हावहुरीको सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी र मेघगर्जनसहित पानी पर्ने बताएको छ ।

मौसमविद् विभूति पोखरेलका अनुसार आज काठमाण्डु उपत्यकासहित मध्य र पूर्वी क्षेत्रमा मौसम बदली हुने देखिएको छ । अपराह्नपछि बदली भई वर्षा हुने र हावाहुरीसमेत आउने सम्भावना छ ।

यसैकारण खासगरी कालो घना बादल लागेका क्षेत्रका बासिन्दाले सावधानी अपनाएकै राम्रो हुने मौसमविद् पोखरेलको सुझाव छ ।

यस्तो विभागद्वारा जारी बुलेटिन:

जेष्ठ २४ गते (शुक्रबार):

दिउँसो: देशका पूर्वी  भूभागमा सामान्य वदली रहने र मध्य र  पश्चिमी भू–भागका  आंशिक देखि सामान्य वदली रही पश्चिमी भू–भागका थोरै स्थानहरु र मध्य तथा पुर्वी भू–भागका केही स्थानहरुमा हावाहुरी मेघ गर्जन सहित वर्षाको सम्भावना  । देशका उच्च हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपातको संभावना छ  ।

राति: देशका पूर्वी र मध्य भू–भागमा सामान्य वदली रहने र पश्चिमी भू–भागका स्थानहरूमा आंशिक वदली रही मध्य तथा पुर्वी भू–भागका केहि स्थानहरुमा र पश्चिमी  भू–भागका थोेरै स्थानमा  मेघ गर्जन हावाहुरीसहित वर्षाको सम्भावना छ ।

जेष्ठ २५ गते (शनिवार):

दिउँसो: देशका पूर्वी तथा मध्य भू–भागमा सामान्य वदली रहने  र पश्चिमी भू भागका स्थानहरूमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरु र मध्य तथा पुर्वी भू–भागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।

राति: देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा र मध्य तथा पूर्वी भू–भागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।

जेठ २६ गते (आईतवार)

दिउँसो: देशका पूर्वी तथा मध्य भू–भागमा सामान्य वदली रहने  र पश्चिमी भू–भागका स्थानहरूमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरु र मध्य तथा पुर्वी भू–भागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।

राति: देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा र मध्य तथा पुर्वी भू–भागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us