कैलालीमा हावाहुरीको कहर फोटोमा हेर्नुहोस्

काठमाण्डु टुडे २०७६ जेठ २४ गते १०:२६ मा प्रकाशित

काठमाण्डु, २४ जेठ – बिहीबार साँझको हावाहुरीले कैलालीमा ठूलो क्षति पुर्याएको छ । हुरीबतासले मानवीय क्षतिका सबै भौतिक रुपमा ठूलो क्षति पुर्याएको छ ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार दुई जनाको ज्यान गएको छ । गोदावरीका वीरबहादुर चौधरी र टीकापुरका लहानु चौधरीको ज्यान गएको हो ।

जिल्लाभरमा करिब ८० घाइते भएका छन् । घाइतेमध्ये १ को अवस्था गम्भीर भएपछि नेपालगञ्ज रेफर गरिएको छ भने बाँकीको अहिले धनगढीलगायत अस्पतालमा उपचार भइरहेको छ ।

हुरीले सहरी क्षेत्रका भौतिक संरचनामा सबैभन्दा बढी क्षति पुगेको प्रहरी भनाइ छ । खासगरी टीकापुर, गोदावरीलगायत क्षेत्रका कच्ची घरका छानाहरु उडाएका छन् । हुरीले छाना उडाएपछि कष्टप्रद ढंगले रात बिताएको गुनासो पीडितहरुले गरेका छन् ।

हुरीले बिजुलीका पोल तथा रुखहरु भाँचेको छ । सरकारी अधिकारीका अनुसार, ४ सयभन्दा बढी बिजुलीका पोल भाँचिएको छ ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार हुरीले घरमा पुगेको क्षतिको विस्तृत विवरण आइसकेको छैन । लगत संकलनको काम अहिले भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us