मौवाखोलामा पहिरो खस्यो, सवारीसाधन जाममा

काठमाण्डु टुडे २०७६ जेठ २४ गते १०:१६ मा प्रकाशित

चितवन, २४ जेठ – पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्डमा शुक्रवार बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।चितवन र धादिङको सिमानामा पर्ने मौवाखोलामा पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बिहान ३ः३० बजे पहिरो खसेको थियो । बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध भएपछि सयौं सवारीसाधन जाममा रोकिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us