म प्रधानमन्त्री, श्रीमान अमेरिकी राष्ट्रपतिः प्रियंका चोपडा

काठमाण्डु टुडे २०७६ जेठ २१ गते १५:३७ मा प्रकाशित

एजेन्सी । बलिउडमा सफल करियर बनाएर हलिउडमासमेत सक्रिय रहेकी अभिनेत्री प्रियंका चोपडाले भारतीय राजनीतिमा प्रवेश गर्न चाहेको बताएकी छिन् ।

एक भारतीय मिडियासँगको अन्तर्वार्तामा उनलाई राजनीतिका बारेमा प्रश्न गरिएको थियो । उक्त अन्तर्वार्तामा उनले आफूलाई भारतको प्रधानमन्त्री बन्ने इच्छा भएको बताएकी छिन् । उनले भनिन्, ‘म प्रधानमन्त्री बन्न निर्वाचन लड्न चाहन्छु ।’

प्रियंकाले प्रधानमन्त्री बन्ने इच्छा बताउँदै गर्दा आफ्नो श्रीमान निक जोनसलाई भने अमेरिकी राष्ट्रपति पदका लागि उम्मेदवारी दिनुपर्नेसमेत बताइन् ।

प्रिंयकाले आफूलाई राजनीतिसँग जोडिएका धेरै विषयहरु मन नपरेको भन्न पनि पछि परिनन् । ‘तर हामी दुबै जना परिवर्तन चाहन्छौं र परिवर्तनको लागि हामी कहिल्यै नाई भन्दैनौं,’ उनको भनाई ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us