वर्षा राउत ट्रोलको सिकार भएपछि श्रीमानले दिए यस्तो प्रतिक्रिया

काठमाण्डु टुडे २०७६ जेठ २० गते १७:०० मा प्रकाशित

काठमाण्डु, २० जेठ – अभिनेत्री वर्षा राउत अहिले ट्रोलको सिकार बनेपछि श्रीमान सन्जोग कोइरालाले बचाउ गरेका छन् । शुक्रबार अस्ट्रेलियाको सिड्नीमा आयोजित फिल्म ‘जात्रै जात्रा’ को प्रिमियर सो मा वर्षाले लगाएको पहिरन एकाएक भाइरल भएको थियो ।


वर्षा खुलेको पहिरनले ट्रोलको शिकार भईरहदा संजोगले वर्षाको साथमा उभिएका छन् । सोमबार आफ्नो आधिकारिक फेसबुकमार्फत संजोगले भनेका छन्, ‘म तिमीलाई सधैं प्रोत्साहन गर्छु, सम्मान गर्छु, तिम्रो हरेक लडाइमा तिम्रो साथमै उभिनेछु । तिम्रो संघर्ष र कठिनाईको समयमा पनि म तिमीलाई नै माया गरिरहनेछु । म तिमीलाई जस्तो समय र परिस्थितिमा पनि आनन्दित तुल्याउने प्रयत्न गर्नेछु । तिमी सधैं सही कुरा भन्न र गर्न सक्दैनौं त्यो ठीकै छ । तिमी यहाँ सबै कुरामा पर्फेक्ट हुन होइन तर वास्तविक हुनको लागी छौं ।’

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us