
काठमाण्डु, २० जेठ – भारतीय टेलिभिजन जी टिभीको बालगायन रियालिटी शो सारेगमपा लिटल च्याम्प्समा संस्करणमा आयुष केसी र प्रितम आचार्य फाइनल (टप ६)मा पर्न सफल भएका छन् ।
२० हजारभन्दा बढि बाल प्रतिभाहरूलाई उछिन्दै आयुष र प्रितम फाइनलमा पुग्न सफल भएका छन् । सेमीफाइनलमा आयुष ले ‘क्रिमिनल’ फ़िल्म को कुमार सानुको स्वर रहेको ‘तुम मिले दील खिले’ बोलको गीत गाएका थिए । भने प्रितमले ‘हम दिल दे चुके सनम’को ‘तड़प तड़प इस दिलमे’ गाएका थिए ।
नेपालमै २ बर्ष अगाडि भएको पहिलो राष्ट्रव्यापी बालगायन रियालिटी शो सुरशाला जुनियर आइडल पहिलो संस्करणका जुनियर आइडल आयुष केसी भक्तपुरको मोर्डन बोर्डिङ्ग स्कुलमा कक्षा ७ माअध्ययनरत छन् ।
आयुषले ५ वर्ष देखि सुरशाला म्यूजिक एकेडेमीमा गायक तथा संगीतकार अमृत क्षेत्रीसँग संगीत सिक्दै आएका थिए । इटहरीका प्रितम आचार्य पनि पहिलो सुरशाला जुनियर आइडलको पहिलो संस्करणका फाइनलिस्ट मध्यका एक हुन् । प्रितम इटहरीकै विश्व आदर्श स्कूलमा अध्ययनरत छन् ।
https://www.youtube.com/watch?v=1qY54KIATHw