स्थानीयले चितवनमा बन्दै गरेको रंगशालामा डोजर चलाए, रोए धुर्मुस

काठमाण्डु टुडे २०७६ जेठ १५ गते १८:०८ मा प्रकाशित

काठमाण्डु, १५ जेठ – धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा बनाइरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको टिनको बार स्थानीयले भत्काएका छन् । बुधबार बिहानै स्थानीयले डोजर लगाएर रंगशालामा बारिएको टिनको बार भत्काएका हुन् ।

कृषि तथा वनविज्ञान विश्वविद्यालयको जग्गामा निर्माणाधीन रंगशालाको तारबार भत्काएसँगै धुर्मुस अर्थात् सिताराम कट्टेलले यस कार्यलाई राजनीतिबाट प्रेरित भएको घटना भनेका छन् ।

उनले रंगशाला निर्माणमा खटिएका कामदारालाई धम्कीसमेत आउने गरेको बताएका छन् । फाउन्डेसनले मंगलबारमात्र रंगशालाको जग्गालाई बार लगाएको थियो ।

तर स्थानीयले सडक निर्माणका लागि केही जग्गा छाडेर तारबार लगाउन फाउन्डेसनलाई आग्रह गरेको थिए ।

फाउन्डेसनले रंगशालाको विस्तृत अध्ययन प्रतिवेदन आएपछि यसबारेमा कुरा गर्नेभन्दै तारबार लगाएपछि बुधबार बिहानै रंगशालाको तारबार भत्काइएका हुन् ।

https://www.facebook.com/arjun.bhusal.712/videos/1012535165606674/?t=157

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us