
काठमाण्डु, १५ जेठ – धरहरा पुनःनिर्माणका लागि सरकारले एक अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा। युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट भाषणका क्रममा धरहरा पुननिर्माणमा यो रकम विनियोजन भएको घोषणा गरेका हुन् ।
सरकारले रकम विनियोजन भएसँगै धरहरा चाँडै बन्ने भएको छ ।
सँगै सरकारले भूकम्पपछि भत्किएका घर र राष्ट्रिय धरोहरको पुननिर्माणका लागि भने ५८ अर्ब ७३ करोड रकम विनियोजन भएको छ ।