
काठमाण्डु, १५ जेठ – सरकारले रेल तथा पानीजहाज सञ्चालनका लागि ठूलो रकम विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले रेल तथा पानीजहाज सञ्चालनका लागि एक खर्ब ७३ अर्ब बजेट विनियोजन गरेको जानकारी दिए ।
बजेटमा एउटै कार्यक्रमलाई छुट्याइएको यो सबैभन्दा ठूलो रकम हो ।
यस्तै सरकारले राजधानीमा मोनोरेल र मेट्रोरेल सञ्चालनका लागि ७ अर्ब ७० करोड विनियोजन गरिएको छ ।