
काठमाण्डु, १५ जेठ – सरकारले विदेशीलाई उपहार दिनुपर्दा स्वदेशी उत्पादनका वस्तु दिनुपर्ने नियम बनाएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार आर्थिक वर्ष २०७६/०७७ को बजेट घोषणा गर्दै सरकारी कर्मचारीले विदेशीलाई उपहार दिनुपर्दा अनिवार्य रूपमा स्वदेशमा उत्पादन भएका वस्तु दिनुपर्ने बताएका हुन् ।
सरकारले स्वदेशी उत्पादनलाई प्रवर्द्धनका लागि यस्तो नियम ल्याएको हो ।