हेलिकोप्टरबाट सुत्केरीलाई उद्धार गर्न २२ करोड बजेट विनियोजन

काठमाण्डु टुडे २०७६ जेठ १५ गते १६:५६ मा प्रकाशित

काठमाण्डु, १५ जेठ – सरकारले दुर्गम क्षेत्रका सुत्केरी तथा गर्भवतीको उद्दारका लागि २२ करोड बजेट विनियोजन गरेको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिकका लागि बजेट छुट्याइएको जनाउँदै अर्थमन्त्री डा. युवराज खतिवडाले हिंसापीडित महिलाको उद्दार र राहत र कानुनी उपचारका लागि पुनस्थापना केन्द्र बनाउने बताएका छन् । सरकारले महिला बालबालिका र ज्येष्ठका लागि ७८ अर्ब बजेट विनियोजन गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us