
काठमाण्डु, १५ जेठ – अर्थमन्त्री डा. युवराज खतिवडाले काठमाण्डुको चर्चित खानेपानी आयोजना मेलम्चीका लागि ७ अर्ब ३९ करोड बजेट बिनियोजन भएको बताएका छन् ।
बुधबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ को बजेट भाषण गर्दै अर्थमन्त्री खतिवडाले यस्तो घोषणा गरेका हुन् ।
अर्थमन्त्री खतिवडाले यही आर्थिक वर्षभित्र मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण काम पूरा हुने घोषणा गरेका छन् ।अर्थमन्त्री खतिवडाले खानेपानी र सरसफाइका लागि ४३ अर्ब ४६ करोड विनियोजन गरेका छन् ।