प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ५ अर्ब १ करोड बजेट छुट्टयाइयो

काठमाण्डु टुडे २०७६ जेठ १५ गते १६:४० मा प्रकाशित

काठमाण्डु, १५ जेठ – सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ५ अर्ब १ करोड बजेट विनीयोजन गरेको छ ।

बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पाँच लाखलाई रोजगारी दिनको लागि रकम विनीयोजन गरेका हुन् । चालु आर्थिक वर्षको तुलनामा यो रकम १० करोड रुपैयाँ बढी हो ।

तर, चालु आर्थिक वर्षमा रोजगार संयोजक नियुक्ति बेरोजगारको पहिचान तथा आवश्‍यक कार्यविधिको कारण आर्थिक वर्षको १० महिनासम्म कार्यान्वयनमा जान नसकेको हो ।

यो अवधिमा ७५३ स्थानीय तहमानै रोजगार संयोजक नियुक्ति गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम कसरी दिने र रोजगारी नपाउने कस्तो सदस्यलाई निर्वाहा भत्ता उपलब्ध गराउने भन्ने विषयमा पनि कार्यविधि तयार भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us