सरकारले प्रदेश र स्थानीय तहलाई कति बजेट छुट्टयो ?

काठमाण्डु टुडे २०७६ जेठ १५ गते १६:२९ मा प्रकाशित

काठमाण्डु, १५ जेठ – आर्थिक वर्ष २०७६/०७७ का संघीय सरकारले प्रदेशलाई अनुदानका लागि ५५ अर्ब ३० करोड बजेट छुट्याएको छ ।

संघीय संसद्का दुवै सदनमा अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गरेको बजेटमा सामान्यीकरण अनुदानतर्फ प्रदेशलाई ५५ अर्ब ३० करोड तथा स्थानीय तहलाई ८९ अर्ब ९५ करोड छुट्टयाएको उल्लेख छ ।

यस्तै सशर्त अनुदानतर्फ प्रदेशलाई ४४ अर्ब ५५ करोड तथा स्थानीय तहलाई १ खर्ब २३ अर्ब ८७ करोड छुट्ट्याइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us