
काठमाण्डु, १५ जेठ – अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षमा सबै आर्थिक परिसूचकहरु सकारात्मक रहेको बताएका छन् ।
सदनमा आर्थिक वर्ष २०७६/७७ को बजेट पेश गर्दै उनले भने, ‘चालू आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने अनुमान छ ।’
नीति तथा कार्यक्रम, दिगो विकास लक्ष्य र १५ औं योजनालाई आधार बनाएर बजेट तयारपेको अर्थमन्त्रीले जनाएका छन् ।
‘आगामी २ वर्षमा विद्युत् उत्पादन क्षमता दोब्बर वृद्धि हुँदैछ’, उनले भने ।