छात्रवृतिका लागि सरकारले छुट्यायो ३ अर्ब बजेट

काठमाण्डु टुडे २०७६ जेठ १५ गते १६:२१ मा प्रकाशित

काठमाण्डु, १५ जेठ – सरकारले शिक्षालाई विशेष प्राथमिकता दिएको जनाएको छ । विद्यालय जान नसक्ने बालबालिकालाई लक्षित गर्दै सरकारले माध्यमिक तहसम्म खुल्ला विश्वविद्यालय सञ्चालन गर्ने भएको छ ।

विद्यालय तहको छात्रवृतिका लागि ३ अर्ब बजेट बिनियोजन भएको छ । सरकारले आज आर्थिक वर्ष २०७६–७७ को बजेट संघीय संसदमा पेश गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषण पढिरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us