काठमाण्डु, १४ जेठ – अहिले नायिका स्वस्तिमा खड्का फिल्म ‘घामट शेरे’को सुटिङमा व्यस्त छिन् । उनको अपोजिटमा निश्चल बस्नेत छन् । हेमराज बिसीको निर्देशनमा बनिरहेको फिल्मको सुटिङ सुर्खेतमा भइरहेको छ ।
स्वस्तिमाले इन्स्टाग्राममा सुटिङको फोटो सेयर गरेकी छिन् । फोटोमा उनी पहेँलो, सेतो र गुलाबी रङको कुर्तामा छिन् । उनीसँग रहेका निश्चल चेक सर्टमा छन् । निश्चल कतै पर हेरिरहेका छन् । स्वस्तिमा भने निश्चललाई हेरिरहेकी छिन् ।
फोटो सेयर गर्दै स्वस्तिमाले लेखेकी छिन्, ‘तिम्रो मायाले बाँधेर राख । यो गायक श्याम कार्कीको गीतको पंक्ति हो । फोटोलाई अहिलेसम्म ५६ हजारभन्दा बढीले लाइक गरिसकेका छन् । प्रतिक्रिया पनि राम्रो पाइरहेको छ ।
एकजना फ्यानले लेखेका छन्, ‘सादा–सादा आँखैभरि केही लेखूँ जस्तो ।’ यो जोडीले अभिनय गरेको ‘दुई रुपैयाँ’ फिल्मको गीत कुटुमा कुटुलाई अहिलेसम्म १० करोडभन्दा बढीले हेरिसकेका छन् ।