यस्तो छ नेपालको आर्थिक अवस्था(पूर्णपाठसहित)

काठमाण्डु टुडे २०७६ जेठ १३ गते १४:४३ मा प्रकाशित

काठमाण्डु, १३ जेठ – अर्थमन्त्री डा. युवराज खतिवडाले संसद्मा आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन् ।

आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ७ प्रतिशत र ८ महिनाको औसत मुद्रास्फिति दर ४.२ प्रतिशत रहेको उल्लेख छ । प्रतिव्यक्ति आम्दानी बढेर एक हजार ४७ अमेरिकी डलर पुग्ने अनुमान छ ।

अहिलेको मूल्यमा हिसाब गर्ने हो भने प्रत्येक नेपालीले वर्षमा औसतमा कम्तिमा १ लाख १७ हजार रूपैयाँ आर्जन गर्छन् । प्रतिव्यक्ति खर्च योग्य आय १ लाख ५५ हजार रूपैयाँ पुगेको अनुमान छ ।

त्यस्तै कुल ग्रार्हस्थ उत्पादनको १०/१२ प्रतिशत बचत हुँदै आएकोमा चालु आर्थिक वर्षमा बचत बढेर २० प्रतिशत पुग्ने बताइएको छ । यसले राष्ट्रिय पुँजी निर्माणमा उल्लेख्य योगदान पुगेको आर्थिक सर्वेक्षण्मा उल्लेख छ ।

चालु आर्थिक वर्षमा कुल लगानी २९ प्रतिशतले वृद्धि भई २१ अर्ब ५७ अर्ब रूपैयाँ हुने अनुमान छ । कुल गार्हस्थ बचतको वृद्धि भन्दा कुल पूँजी लगानीको वृद्धि उच्च रहँदा बचत र लगानीको अन्तर बढ्दै गएको छ । त्यस्तै फागुनसम्मको कुल सरकारी खर्च अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.२ प्रतिशतले वृद्धि भई ५ खर्ब ४१ अर्ब रूपैयाँ पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us