‘बोलमाया’पछि प्रकाश सपुतले ल्याए अर्को चर्चित गीत

काठमाण्डु टुडे २०७६ जेठ १२ गते १४:५५ मा प्रकाशित

काठमाण्डु, १२ जेठ – गायक प्रकाश सपूत र गायिका शान्ति श्री परियारको स्वर रहेको गीत गलबन्दी सार्वजनिक भएको छ ।

सपुतको युट्युवमार्फत सार्वजनिक भएको गीत गत वर्ष सार्वजनिक भएको गीत बोल मायाको सिक्वलका रूपमा लिएको छ । गीतमा शब्द संगीत गायक सपुतले गरेका छन् ।

गीतमा बोल मायाको टिमले अभिनय गरेको गीतमा प्रकाश सपुत र मोडल अञ्जली अधिकारीसहितले अभिनय गरेका छन् ।

परम्परागत रूपमा गाउँका विषयवस्तु गीतमा समावेश भएको छ । शनिबार साँझ सार्वजनिक भएको गीत आइतबार दिउँसोसम्म २ लाख ५४ हजारले हेरिसकेका छन् ।

https://www.youtube.com/watch?v=QNInfBuBcOA

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us