नेकपा सांसद महतो निलम्बित

काठमाण्डु टुडे २०७६ जेठ ११ गते २१:१४ मा प्रकाशित

काठमाण्डु, ११ जेठ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले प्रदेश–२ का प्रदेशसभा सांसद शत्रुधन महतोलाई कारबाही गरेको छ ।


पार्टी ह्विीपविपरीत सार्वजनिक लेला समितिको सभापतिमा उम्मेदवारी दिएपछि नेकपाले उनलाई अनुशासनको कारबाही गरेको हो । नेकपा संसदीय बोर्ड बैठकले महतोलाई १५ दिनसम्मका लागि निलम्बन गरेको छ । नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले महतोलाई अनुशासनको कारबाही गरी १५ दिनका लागि निलम्बन गरिएको जानकारी दिए । लेखा समितिको सभापति चयनका लागि तीन महिनाअघि भएको निर्वाचनमा महतोले आधिकारिक उम्मेदवार भरत साहविरुद्ध बागी उम्मेदवारी दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us