देवाली मनाउन ससुराली हिँडेका बमबहादुरलाई टिपरले हान्यो

काठमाण्डु टुडे २०७६ जेठ ९ गते १५:१७ मा प्रकाशित

मोरङ, ९ जेठ – मोरङको सुन्दरहरैँचा १० मा टिपरको ठक्करबाट एकको मृत्यु भएको छ ।

खोर्साने–केराबारी सडकखण्डमा को १ ख ४३५५ नम्बरको टिपरको ठक्करबाट केराबारी ९ देविझोडा बस्ने बमबहादुर बस्नेतको मृत्यु भएको हो ।

उत्तरबाट दक्षिण आउँदै गरेको ट्रिपरले विपरित दिशातर्फ गइरहेको मे ५ प ५५०० नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा बस्नेत घाइते भएका थिए ।

टिपरको ठक्करबाट घाइते भएका उनको विपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको ट्राफिक पोष्ट बेलबारीका प्रमुख लिला श्रेष्ठले बताए । देवाली  मनाउन ससुराली जाँदै गर्दा टिपरले ठक्कर दिएको थियो ।

मोरङ, झापा तथा सुनसरी क्षेत्रको मुख्य राजमार्गमा टिपरका लागि टाइम कार्डनै लागू गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us