विवाहको निर्णयबारे सलमान खानले गरे यस्तो खुलासा

काठमाण्डु टुडे २०७६ जेठ ८ गते १७:४५ मा प्रकाशित

एजेन्सी । बलिउड अभिनेता सलमान खानले बहिबार विवाहको औपचारिक निर्णय सुनाउने भएका छन् । हालसमम वैवाहिक बन्धनमा नरहेको सलमानको विवाहको विषय झन उनका फ्नका लागि निकै रुचिको विषय बनेको राख्दछन् ।

५३ वर्षीय बलिउड स्टार सलमान खानको बारेमा भारतीय नागरिकहरुका साथै नेपालीलगायत अन्य देशका फ्यान निकै रुचि राख्दछन् । केहीले सलमानले विवाह नै नगर्ने बताउँछन् । केही उनको विवाहको पर्खाइमा छन् ।

सलमानले धेरै वर्षको प्रतिक्षापछि बुधबार विवाहको औपचारिक निर्णय सुनाउने बताएका छन् । यसले भारतीय नागरिकमा सलमानको विवाह हुने आशा पलाएको छ ।

मुम्बई मिरोरको विवाहसँग सम्बन्धित प्रश्नमा सलमानले भने, ‘मलाई लाग्छ मैले विवाहको विषयमा मे २३ तारिखमा औपचारिक धारणा राख्नेछु ।’

मे २३ तारिख अर्थात् भोलि बिहिबार सलमानले आफूले विवाह गर्ने नगर्नेबारे उत्तर दिने बताएका हुन् । तर बिहिबार भारतमा आगामी ५ वर्षका लागि को प्रधानमन्त्री बन्ने भन्नेबारे छिनोफानो हुँदैछ ।

सलमानले लोकसभा निर्वाचनको परिणाम या उनको विवाह के मा मानिसले चासो राख्ने भन्ने परीक्षण गर्नका लागिमात्र यस्तो जवाफ दिएको हुनसक्ने अनुमान गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us