अमेरिकालाई गाली गरिएको गीत चीनमा भाइरल

काठमाण्डु टुडे २०७६ जेठ ८ गते ११:३४ मा प्रकाशित

एजेन्सी । चीनमा आएको नयाँ प्रोपोगान्डा गीत ‘काराओके’ निकै चर्चामा आएको छ । सो गीत अहिले चीन र अमेरिकामा चलिरहेको व्यापार युद्धलाई लिएर अमेरिकालाई गाली गरेर बनाइएको छ ।

चीनको सामाजिक सञ्जाल वी च्याटमा त्यो निकै चर्चित भइरहेको पाइएको छ । चीनका पूर्व सरकारी अधिकारीले लेखेको सो गीतलाई गएको शुक्रबार वी च्याटमा राखिएकोमा हजारौं पटकसम्म त्यो हेरिएको छ ।

सो गीतमा अमेरिकाको कडा शब्दमा आलोचना रहेको छ । चीनमा गीत मार्फत सरकारी निकायबाट देशका युवा माझ सन्देश दिने गरिन्छ ।

गएको हप्ता चीनका पूर्वकर्मचारी तथा गीतकार झाओ लियाङ्गटनले सो गीत सामाजिक सञ्जालमा हालेका थिए । सो ३ मिनेटको भिडियो केही बेरमै भाइरल भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us