भोजपुर बजारमा भीषण आगलागी

काठमाण्डु टुडे २०७६ जेठ २ गते १४:४५ मा प्रकाशित

भोजपुर, २ जेठ – भोजपुर सदरमुकाम नजिकैको पोखरे क्षेत्रमा आगलागी भइरहेको छ । भोजपुर नगरपालिका वडा नं. ७ स्थित बरवोट टोलमा बिहीबार दिउँसो १ बजेदेखि आगलागी भएको हो ।

स्थानीय बखत श्रेष्ठको घरबाट शुरु भएको आगो नजिकैको घरमा समेत फैलिएको  छ । आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय वासिन्दा खटिएका छन् । सडक साँघुरो भएका कारण भोजपुर नगरपालिकाको दमकल पुग्न सकेको छैन ।

खानेपानीको लाइनबाट पानीले आगो निभाउने प्रयास भए पनि पानी पर्याप्त नहुँदा क्षती तथा जोखिमको संभावना बढ्दो छ । घरभित्र रहेका खाना पकाउने ग्यासको सिलिण्डरहरु पड्किदा आगो झन् फैलिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us