राजधानीमा २० वर्षीया युवतीमाथि एसिड प्रहार

काठमाण्डु टुडे २०७६ जेठ २ गते ६:३४ मा प्रकाशित

काठमाण्डु, २ जेठ– राजधानीको कालोपुलमा एक युवतीमाथि बुधबार साँझ एसिड प्रहार भएको छ ।

२० वर्षीया जेनी खड्कामाथि एसिड प्रहार भएको प्रहरीले जनाएको छ । एसिड प्रहारबाट खड्का गम्भीर घाइते भएकी छन् । प्रहरीले एसिड प्रहारमा संलग्नताको आरोपमा काभ्रेका ३८ वर्षीय विष्णु भुजेललाई पक्राउ गरेको छ । एसिड प्रहारबाट खड्कालाई गाला, छाती र हातमा एसिडले चोट लागेको महानगरीय प्रहरी वृत्त कमलपोखरीका डिएसपी रवीन्द्र पोखरेलले जानकारी दिए । प्रहरीका अनुसार उनीहरु श्रीमान श्रीमती हुन् ।

भुजेलले खड्कालाई एक वर्षअघि भगाएर विवाह गरेका थिए । तर, सम्बन्ध बिग्रिएपछि उनीहरु एक्लाएक्लै बस्दै आएका थिए । भुजेलले बिहीबार साँझ कालोपुलमा भेट्न बोलाएर खड्कामाथि एसिड प्रहार गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us