
काठमाण्डु, १ जेठ – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ३० मिनेट बन्द हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको भ्रमण पूरा गरी आज साँझ स्वदेश फर्किने भएकाले विमानस्थल ३० मिनेटका लागि बन्द गरिएको हो ।
साँझ ७ बजे प्रधानमन्त्री ओली नेपाल एयरलाइन्सको विमानबाट काठमाण्डु आइपुग्ने कार्यक्रम छ। उनी काठमाण्डु आइपुग्ने समयभन्दा १५ मिनेट अगाडि देखी उडान तथा अवतरण बन्द हुने विमानस्थल कार्यालयले जनाएको छ । विमान अवतरण भएको १५ मिनेट पछि विमानस्थल सुचारु हुनेछ ।
प्रधानमन्त्री अवतरणमा ३० मिनेटको लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैतर्फका उडान प्रभावित हुने विमानस्थल कार्यालयले जनाएको छ । भीभीआईपीको सवारीले सर्वसाधारणले सास्ती खेप्दै आइरहेका छन् ।