आईपीएलमा भाइरल भएकी सुन्दर युवतीको परिचय खुल्यो

काठमाण्डु टुडे २०७६ जेठ १ गते १२:५७ मा प्रकाशित

एजेन्सी । इण्डियन प्रिमियर लिग रोमाञ्चक क्रिकेटका लागि मात्र नभई आफ्नो ग्ल्यामरका लागि पनि उत्तिकै चर्चित रहेको छ । भर्खरै सम्पन्न १२ सिजनको पाइनलले दर्शकलाई अन्तिम बलसम्मै रोमाञ्च प्रदान गर्‍यो ।

यसक्रममा अन्तिम बलसम्मको खेलमात्र रोमाञ्चक रहेन । मुम्बई ईन्डियन्सलाई समर्थन गर्दै क्रिकेट हेर्न एक युवतीले पनि लाइमलाइट आफूतर्फ आक्रषित गर्न सफल रहिन् । टेलिभिजन लाइभका दौरान उनी पटक–पटक टेलिभिजन स्क्रिनमा देखिइन् ।

फलस्वरूप फाइनल खेलसँगै उनको पनि चर्चा भयो । यी सुन्दरीको नाम अदिति हुन्दिया हो । पेसाले उनी मोडल हुन भने उनले एक सुन्दरी प्रतियोगितामाको उपाधिमा कब्जा पनि जमाइसकेकी छन् ।

उनी मिस सुपरानेशनल इन्डिया–२०१८ की ताज विजेता हुन् । यसै उपाधि विजेताका रूपमा उनले केहि अन्तराष्ट्रिय मञ्चमा भारतको प्रतिनिधित्व गरेकी छन् ।

उनी मिस इण्डिया–२०१७ मा मिस राजस्थानका रूपमा प्रतियोगी समेत बनेकी थिइन् । यसैगरी फाइनलमा मुम्बई ईण्डियन्सलाई समर्थन गरेपनि उनी विराट कोहली र महेन्द्र सिंह धोनीको फ्यान हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us