मोरङमा हाराहुरीसहित भिषण वर्षा, चट्याङ लागेर सुतिरहेकी महिलाको मृत्यु

काठमाण्डु टुडे २०७६ वैशाख ३१ गते २१:३५ मा प्रकाशित

विराटनगर, ३१ वैशाख–मोरङमा घरमै सुतिरहेका बेला चट्याङ लागेर मंगलबा एक महिलाको मृत्यु भएको छ ।

भिषण वर्षा र हावाहुरीसँगै परेको चट्याङ लागेर मोरङ रतुवामाई नगरपालिका–४ कठघराकी ५० वर्षीया सन्झादेवी सिंह गनगाईको मृत्यु भएको हो । घटनामा अरु दुई जना घाइते भएका छन् । चट्याङ लागेर सन्झादेवीको तत्काल मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाका निरीक्षक रामचन्द्र साहले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us