सेयर बजार दोहोरो अंकले बढ्याे

काठमाण्डु टुडे २०७६ वैशाख ३१ गते १६:१३ मा प्रकाशित

काठमाण्डु, ३१ वैशाख – साताको तेस्रो कारोबार दिन सेयरबजार परिसूचक १४.१२ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक दोहोरो अंकले बढेपछि नेप्से १३१५.४५ अंकमा रोकिएको छ ।

बजारमा मंगलबार १ सय ७० कम्पनीको कारोबार भएकामा ३१ लाख ६६ हजार कित्ता सेयर खरिदबिक्री भएका छन् । दिनभरमा ९ हजार ९ सय १९ पटकको सेयर किनबेचसँगै १ अर्ब ३ करोडको कारोबार भएको छ ।

बजार खुलेसँगै सूचक दिउँसो २ बजे उत्कर्षमा पुगेको थियो तर बजार बन्द हुँदा भने केही घटेर थामिएको छ । आज फ्लोट इन्डेक्स १.०४ र सेन्सिटिभ इन्डेक्स १.५ अंकले बढेको छ । कुल १२ समूहको कारोबार भएकामा वाणिज्य बैंक १४.१४, होटल १७.५७, विकास बैंक ११.६, ऊर्जा २.५९, फाइनान्स २.६९, निर्जीवन बीमा १४५.८४, उत्पादन ८४.७१, अन्य शून्य दशमलव ०८, माइक्रोफाइनान्स ९.५, जीवन बीमा ४३.०८ र म्युचुअल फन्ड शून्य दशमलव ०९ अंकले बढेका छन् । तर व्यापार समूह भने शून्य दशमलव १७ अंकले घटेको छ ।

धेरै कारोबारका हिसाबले भने नेपाल बैंकको १० करोडको सेयर प्रतिसेयर मूल्य ३ सय १३ रुपैयाँले किनबेच भएका छन् । त्यस्तै शिवम् सिमेन्टको प्रतिसेयर मूल्य आज ५ सय ४६ रुपैयाँ पुगेको छ भने कृषि विकास बैंकको ४ सय १६ प्रतिसेयर मूल्यमा कारोबार भएको छ ।

कमाइका दृष्टिले आज राष्ट्रिय बीमा कम्पनी लिमिटेडका सेयरधनीले १० प्रतिशत आम्दानी गर्न सफल भएका छन् । कम्पनीको आज एकै दिन १ हजार पाँच रुपैयाँ प्रतिसेयर मूल्य बढ्दा ११ हजार ५५ रुपैयाँ पुगेको छ । त्यस्तै, ९.९९ प्रतिशतले प्रतिसेयर मूल्य बढेपछि राष्ट्रिय बीमा कम्पनी लिमिटेड प्रोमोटर सेयरका सेयरधनीले पनि आज ९ सय १४ रुपैयाँ कमाएका छन् ।

कम्पनीको प्रतिसेयर मूल्य १० हजार ६३ रुपैयाँ पुगेको छ । त्यस्तै शिवम् सिमेन्टका लगानीकर्ताले ९.८६ प्रतिशत आम्दानी गरेका छन् भने भार्गव विकास बैंकका सेयरधनीले प्रतिसेयर १५ रुपैयाँ आम्दानी गरेका छन् । यस्तै कृषि विकास बैंकका सेयरधनीले पनि ३० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन् ।

यस्तै, आज सूर्योदय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने ६८ रुपैयाँ प्रतिसेयर घाटा व्यहोरेका छन् । त्यस्तै, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका सेयरधनीले ७ रुपैयाँ गुमाउँदा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले १८ रुपैयाँ प्रतिसेयर घाटा व्यहोरेका छन् । यस्तै ग्लोबल आईएमई समुन्नत स्किम १ र समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले क्रमशः ०.३७ र २२ रुपैयाँ गुमाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us