अन्तर्राष्ट्रिय शरणार्थीको हब बन्दै नेपाल, प्रहरीको यस्तो चिन्ता

काठमाण्डु टुडे २०७६ वैशाख २८ गते ६:५६ मा प्रकाशित

काठमाण्डु, २८ वैशाख– नेपालको भिसा नीति उदार छ, सिमाना खुला छ । यही कमजोरीको फाइदा उठाउँदै अवैध शरणार्थी बढ्दै छन् ।

वर्षौँंदेखि बस्दै आएका भुटानी र तिब्बतीबाहेक म्यानमारदेखि अफ्रिकासम्म १० देशका एक हजारभन्दा बढी अवैध शरणार्थी नेपालमा जम्मा भइसकेका छन् ।  कतिले तेस्रो मुलुक छिर्न नेपाललाई ट्रान्जिट बनाएका छन्, धेरैले पासपोर्ट नै फालेर स्थायी बसोवासको थलोजस्तो मानेका छन् । त्यसो त शरणार्थीसम्बन्धी नेपालको न कुनै कानुन छ, न त अन्तर्रा्ष्ट्रिय महासन्धि–१९५१ मै हस्ताक्षर गरेको छ ।

अन्तर्रा्ष्ट्रिय महासन्धिमा हस्ताक्षर नगरेका कारण नेपाल कुनै पनि देशका नागरिकलाई शरणार्थी स्वीकार गर्न बाध्य छैन । तर, सरकार मानवताको नाताले उनीहरूप्रति नरम देखिन्छ । प्रहरीका लागि भने यो चिन्ताको विषय बनेको छ । द्वन्द्वग्रस्त देशहरूबाट छिरेका शरणार्थी आतंकवादी समूहबाट परिचालित हुन सक्ने सम्भावित खतराबाट प्रहरी चिन्तित छ ।
नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us