अर्थमन्त्रीले भनेः यो वर्षको आर्थिक बृद्धिदर ७ प्रतिशत !

काठमाण्डु टुडे २०७६ वैशाख २७ गते ११:५० मा प्रकाशित

काठमाण्डु, २७ वैशाख – अर्थमन्त्री डा युवराज खतिवडाले यो वर्षको आर्थिक बृद्धिदर ७ प्रतिशतले हुने बताएका छन् । प्रतिनिधि सभामा आगामी वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै उनले यो वर्ष ७ प्रतिशतले आर्थिक बृद्धि हुने बताएका हुन् ।

केही समय अघिमात्र केन्द्रीय तथ्यांक विभागले यो वर्षको आर्थिक बृद्धि ६.८१ प्रतिशतले हुने बताएको थियो । तर खतिवडाले ७ प्रतिशत भनेको यो पनि विभागकै तथ्यांक हो । यसअघिका अर्थमन्त्रीले भन्ने र विभागले भन्ने एउटै तथ्यांक हुन्थ्यो तर यो पाली त्यस्तो भएन ।

आजसम्म अर्थमन्त्री तथा सरकारले आर्थिक बृद्धिको आधारभुत मूल्याको अंकमा भन्ने गरेका थिए । जुन विभागले भनेको ६.८१ प्रतिशत हो । तर अर्थमन्त्री खतिडाले भने यो वर्ष आधरमूल्यमा कर जोडेपछि हुने उत्पादकको मूल्यमा भएको बृद्धिदरलाई उल्लेख गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us