
काठमाण्डु, २६ वैशाख – नेपाल र भियतनामबीच सीधा हवाई सेवा सुरु हुने भएको छ । केही दिनअघि बसेको मन्त्रिपरिषद्को बैठकले भियतनामसँग सीधा हवाई सेवाका लागि समकक्षी हस्ताक्षर गर्ने निर्णय गरेको हो ।
गौतम बुद्धको जन्मथलो नेपालमा बौद्ध धर्मावलम्बीहरुको बाहुल्यता रहेको भियतनासँग समकक्षी हवाई सम्झौता प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा हुने भएको छ । प्रधानमन्त्री ओली ४० सदस्यीय टोलीसहित बिहीबार त्यसतर्फ लागिसकेका छन् ।
त्यसैगरी मन्त्रिपरिषद्ले विश्व बैंकबाट १०० मिलियन स्वीकार्ने निर्णय गरेको छ ।