
एजेन्सी । भारतमा संसदीय चुनावमा उम्मेदवार हुन नपाएको भन्दै एक पूर्वप्रहरी सर्वोच्च अदालत गएका छन् । तेजबहादुर नाम ती पूर्वप्रहरी प्रधानमन्त्री नरेन्द्र मोदीविरूद्ध चुनाव लड्न चाहन्छन् । तर प्रहरीबाट २ वर्षअघि बर्खास्तीमा परेका उनको उम्मेदवारी उत्तर प्रदेशको वनारस क्षेत्रका मुख्य निर्वाचन अधिकृतले अस्वीकार गरिदिएका छन् ।
तेजबहादुर भारतीय सीमा सुरक्षा बलमा कार्यरत थिए । त्यही क्रममा सन् २०१७ मा उनले प्रहरीलाई रासनको गुणस्तरबारे प्रश्न गर्दै एउटा भिडिओ सामाजिक सञ्जालमा राखे । त्यसपछि अनुशासनहीन काम गरेको भन्दै उनलाई सरकारी जागिरबाट निकालियो । मोदी प्रधानमन्त्री भएका बेला आफूलाई जागिरबाट निकालिएको बदला लिन उनी मोदीकै क्षेत्रमा चुनाव लड्न खोज्दैछन् ।
गत अप्रिल २४ मा उनले पहिलो पटक उम्मेदवारी दिएका थिए । उम्मेद्वारी फारामको तपाईं कुनै सरकारी जागिर वा पदबाट भ्रष्टाचार र गद्दारीको अभियोगमा निकालेको त होइन ? भन्ने प्रश्नको उत्तरमा हो भनेर टिक लगाएका थिए । त्यस्ता व्यक्तिको उम्मेदवारी दर्ता नगर्न नमिल्ने भन्दै निर्वाचन कार्यालयले उनको उम्मेदवारी दर्ता गरेन ।
अर्को पटक उनी समाजवादी पार्टीको तर्फबाट उम्मेद्वार बने तर तेजबहादुर जागिरबाट निकालिएका उनले निर्वाचन आयोगबाट नो अब्जेक्सन सर्टिफिकेट ल्याउनु पर्ने भन्दै दर्ता भएन ।
त्यसपछि तेजबहादुर सर्वोच्च अदालत गएका छन् । उनका विषयमा के भएको भन्नेबारे स्पष्टिकरण दिन बिहीबारसम्मको म्याद दिएको छ ।
सर्वोच्चमा तेजबहादुरले आफू भ्रष्टाचार र गद्दारी गरेर नभई अनुशासन पालना नगरेकाले निकालिएकाले निर्वाचन आयोगबाट नो अब्जेक्सन सर्टिफिकेट ल्याउनु नपर्ने दाबी गरेका छन् ।
१८ लाख मतदाता रहेको बनारसमा मे १९ मा चुनाव हुँदैछ । प्रधानमन्त्री मोदी दोस्रो पटक बनारसबाट उम्मेद्वार बनेका छन् ।