अदालतमै क्वाँ–क्वाँ गर्दै किन रोए अभिनेता करण ?

काठमाण्डु टुडे २०७६ वैशाख २४ गते १५:३६ मा प्रकाशित

एजेन्सी – टेलीश्रृङ्खलाबाट चर्चित भएका अभिनेता करण ओबरोयलाई मुम्बई पुलिसले बलात्कारको आरोपमा पक्राउ गरेको छ ।

करणमाथि एक फेसन डिजाइनरले बलात्कार गरेको आरोप लगाएकी छिन् । ओशिवारा पुलिसले करणविरुद्ध बलात्कार र जबर्जस्ती पैसा असुलीको मुद्दा दर्ता गरेको छ ।

पुलिसका अनुसार करणमाथि बलात्कारको आरोपबाहेक बलात्कारको भिडियो बनाएर त्यसमार्फत् पैसासमेत लिने गरेको आरोप छ । पीडितका अनुसार करणले आफ्नो माग सम्बोधन नभए भिडियो भाइरल गरिदिने धम्की दिने गर्दथे ।

करणविरुद्ध यो मुद्दा सन् २०१८ मा दर्ता गरिएको थियो । सोमबार अँधेरी अदालतमा चलिरहेको सुनुवाईको क्रममा करण ओबरोय क्वाँ–क्वाँ रोएका थिए । अदालतले करणलाई ९ मेसम्म पुलिस हिरासतमा पठाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us