जयबहादुरका कारण काठमाण्डुमा कालिकाेटका बालबालिकाको बिचल्ली

काठमाण्डु टुडे २०७६ वैशाख २४ गते १४:११ मा प्रकाशित

काठमाण्डु, वैशाख – काठमाण्डुमा अलपत्र परेका कालीकोटका १९ जना बालबालिकाको प्रहरीले उद्धार गरेको छ । बूढानिलकण्ठ नगरपालिका–८ गल्फुटारबाट अलपत्र अवस्थामा रहेका १९ जना बालबालिकालाई प्रहरीले उद्धार गरेको हो ।

कालिकोट घर भएका जयबहादुर विकले बोर्डिङमा पढाइदिन्छु भन्दै हरेक विद्यार्थीबाट एक लाख ५० हजारका दरले रकम उठाएर बालबालिकाहरूलाई अलपत्र अवस्थामा छाडेको अवस्थामा उद्धार गरिएको हो ।

महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट खटिएको टोलीले १५ बालक र ४ बालिकाकालाई उद्धार गरेको हो । उद्धार गरिएका बालबालिकामध्ये ९ जना हिमाली नविन समाज महाराजगन्ज र १० जना साझा मञ्च बालुवाटारको संरक्षणमा रहेको उक्त वृत्तले जनाएको छ । जय बहादुर हाल फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us