
एजेन्सी – भारतीय अभिनेता अक्षय कुमारले ओडिशामा आएको फानी चक्रवातका पीडितका लागि एक करोड भारु सहयोग गरेका छन् ।
अक्षय कुमारले मुख्यमन्त्री राहत कोषमा पैसा जम्मा गरेका हुन् । उक्त आँधीका कारण त्यहाँका घरमा निकै क्षती पुगेको छ ।
रिपोर्टका अनुसार फानी आँधीमा जम्मा ३४ जनाको मृत्यु भएको छ । यो आँधीका कारण सयौं मानिसहरु खानेपानी र बिजुलीको अभाव झेलिरहेका छन् । पीडितलाई सहयोग गर्नका लागि राज्य सरकारले हरसम्भव कोसिस गरिरहेको छ ।