सोमबारका लागि यस्तो विदेशी मुद्राको विनिमय दर

काठमाण्डु टुडे २०७६ वैशाख २३ गते ११:४७ मा प्रकाशित

काठमाण्डु, २३ बैशाख – सोमबारका लागि नेपाल राष्ट्र बैंकले ताकेको विदेशी मुद्राकोविनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ४५ पैसा र बिक्रीदर १११ रुपैयाँ ०५ पैसा तोकेको छ ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ४५ पैसा र बिक्रीदर २९ रुपैयाँ ६१ पैसा छ । आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा तोकिएको छ ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ०७ पैसा र बिक्रीदर ३० रुपैयाँ २३ पैसा छ । सोमबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ६६ पैसा र बिक्रीदर २६ रुपैयाँ ८१ पैसा छ ।

यस्तै आज कुवेती दिनारको १ को खरिददर ३६३ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ३६ पैसा तोकिएको छ । बहराइन दिनार १ को खरिददर २९२ रुपैयाँ ९४ पैसा र बिक्रीदर २९४ रुपैयाँ ५३ पैसा छ ।

यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९ रुपैयाँ ५४ पैसा रहेको छ । राष्ट्र बैंकको तुलनामा बाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us