
एजेन्सी – टिआरपीको रेसमा भारतीय टिभी कार्यक्रम कपिल शर्मा शो एक हप्ता मै आउट भएको छ ।
गत हप्ता कपिल शर्मा टिआरपी सूचीको शीर्ष स्थानमा थिए भने यसपटक उनी शीर्ष पाँचमा पनि रहेनन् । यसपटक शीर्ष १ मा टिभी शो ‘कुमकुम भाग्य’ आइपुगेको छ । शीर्ष पाँचबाट बाहिरिँदा कपिललाई ठूलै झट्का लागेको छ ।
यस्तो दोस्रो स्थानमा ‘कुण्डली भाग्य’ छ भने यो हप्ता तेस्रो स्थानमा ‘ये रिश्ता क्या कहलाता हे’ रहेको छ ।
साथै, चौथो स्थानमा छ ‘कुल्फी कुमार बाजेवाला’ रह्यो । यसका साथै, ‘नागिन थ्री’ टिआरपीको पाँचौ स्थानमा रहन सफल भएको छ ।