काठमाण्डु, २३ बैशाख – काठमाण्डुको बानेश्वरमा रहेको पाँच तारे होटल एभरेष्ट आगामी साउनदेखि सञ्चालन हुने भएको छ । भूकम्पपछि रातो स्टिकर लगाएर बन्द भएको पाँचतारे होटल मुद्दा मामिला र मजदुर व्यवस्थापन विवाद सबै समाधान भएपछि साउनदेखि सञ्चालनमा आउने भएको हो ।
होटलमा कार्यरत मजदुरहरुले सेवा सुविधा निरन्तरताको माग गर्दै श्रम अदालत गएका थिए । उनीहरुले त्यहाँबाट जितेपछि व्यवस्थापनले अदालतमा मुद्दा दायर गरेको थियो ।
गएको फागुन १२ गते व्यवस्थापन र मजदुरबीच सहमति भएपछि व्यवस्थापनले हिजो (आइतबार) मुद्दा फिर्ता लिएको होटलमा कार्यरत मजदुर युनियिनका सचिव राजु बडुवालले जानकारी दिए ।
सहमतिअनुसार व्यवस्थापनले होटल बन्द भएदेखिको तलब भत्ता उपलब्ध गराउने, तलबमा ५ प्रतिशत बृद्धि हुने भएको छ ।